Home / खेलकुद / सिङ्गापुरलाई अर्जेन्टिनाको ६–० गोलको उपहार

सिङ्गापुरलाई अर्जेन्टिनाको ६–० गोलको उपहार

विश्व नम्बर २ टोली अर्जेन्टिनाले सिङ्गापुरलाई उसको फुटबल संघ स्थापनाको १ सय २५ औं वर्षगाढको उपलक्ष्यमा भएको मैत्रीपूर्ण खेलमा ६–० गोलको उपहार दिएको छ।

गएराती सिङ्गापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा अर्जेन्टिनाका लागि ६ भिन्न खेलाडीले गोल गरेका थिए। २–३–५ को रणनीतिमा उत्रिएको अर्जेन्टिनाका लागि फेड्रिको फाजियोले २५, जाओक्विन कोर्याले ३१, अलेजान्ड्रो गोमेजले ६०, लिएन्द्रो पारेडेसले ७४, लुकास अलारियोले ९० र एञ्जल डि मारियाले ९० पछि थप गरिएको समयमा गोल गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*