Home / मनोरञ्जन / अक्षयको फिल्मको ट्रेलर सेयर गर्दै प्रधानमन्त्री मोदीले गरे यस्तो ट्वीट

अक्षयको फिल्मको ट्रेलर सेयर गर्दै प्रधानमन्त्री मोदीले गरे यस्तो ट्वीट

बलिउड अभिनेता अक्षय कुमारको नयाँ फिल्म ‘ट्वाइलेटः एक प्रेम कथा’ को ट्रेलर सार्वजनिक भइसकेको छ। गत आइतबार सार्वजनिक भएको उक्त ट्रेलर हेरेर भिडियोको लिंक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेका छन्।

उनले ट्रेलर सेयर गर्दै लेखेका छन्- स्वच्छताको सन्देश अगाडि बढाउका लागि यो राम्रो प्रयास हो। १२५ करोड भारतीयले स्वच्छ भारत निर्माणका लागि मिलेर काम गर्दै जानुपर्छ।

अक्षयले यसको जवाफी ट्वीट यसरी लेखेका छन्- माननीय, तपाईंलाई धेरै धेरै धन्यवाद। आशा छ कि हामी मानिसहरूको मानसिकता परिवर्तन गर्न र सत्यबीच फरक पैदा गर्न सफल हुनेछौं।

केही समयअघि मात्र अक्षयकुमार प्रधानमन्त्री मोदीलाई भेट्न गएर आफ्नो फिल्मबारे कुरा गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*