Home / मनोरञ्जन / प्रभाषको पारिश्रमिक सुनेर निर्माताहरु भागाभाग !

प्रभाषको पारिश्रमिक सुनेर निर्माताहरु भागाभाग !

बाहुबलीबाट एकाएक चर्चामा आएका दक्षिण भारतीय अभिनेता प्रभाषलाई आफ्नो फिल्ममा अनुबन्धित गर्न निर्माताहरुको तँछाड-मछाड सुरु भएको छ। हिन्दी फिल्मका सफल निर्माता तथा निर्देशक करण जौहरदेखि थुप्रै व्यक्ति उनलाई आफ्नो आगामी फिल्ममा अनुबन्धित गर्न चाहन्छन्।

बाहुबली १ र २ को सफलतापछि भारतमा प्रभाषलाई लिएर ठूलो प्रोजेक्टको फिल्म बनाउन सकिने ठम्याई धेरैको छ। त्यसैले उनीसँग प्रस्ताव राख्नेको भीड लागेको छ।

तर, भारतीय समाचारमाध्यमले जनाएअनुसार प्रभाषले यी निर्देशकसँग माग गरेको पारिश्रमिक रकम सुनेर सबैले जिब्रो टोक्ने गरेका छन्।

प्रभाषले एउटा फिल्मको लागि ८० करोड भारुसम्म माग गरेको बताइएको छ। उनको माग सुनेर प्रस्तावका लागि आएका निर्माता तथा निर्देशक असिनपसिन भएर नै भाग्ने गरेका बताइएको छ।

यति मोटो रकम बलिउडका हस्तीले पनि माग गर्ने गरेका छैनन्। त्यसैले उनको भविष्यलाई लिएर विभिन्न कोणबाट हल्ला चल्न थालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*