Home / समाचार / सुशीला कार्की प्रधानन्यायाधीश

सुशीला कार्की प्रधानन्यायाधीश

 

संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीसमा सुशीला कार्कीलाई सिफारिस गरेको छ। आइतबार साँझ बसेको परिषदले कार्कीको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेको हो। २००९ जेठ २५ मा जन्मिएकी कार्कीले ६५ बर्षे उमेर हद पुरा गर्दै २०७४ जेठ २५ गते अवकास पाउने छन्। उनले सन् १९७८ मा त्रिभुवन विश्व विद्यालयबाट कानुनमा स्नातक गरेकी छन्। उनी २०६५ माघ ९ गते सर्वोच्च अदालतको अस्थायी न्यायाधीश नियुक्त भएकी थिइन् भने २०६७ मंसिर २ गते स्थायी न्यायाधीश बनेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*