Home / खेलकुद / रोनाल्डो जस्तै देखिन लाख प्रयास

रोनाल्डो जस्तै देखिन लाख प्रयास

डेनमार्कका एक किशोरले स्पेनिस क्लब रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिष्टियानो रोनाल्डो जस्तै देखिन हजारौं डलर र धेरै समय खर्चिएका छन् । रोनाल्डोका फ्यान शान्टा रोनाल्डो नाम गरेका किशोरले उनी जस्तै देखिन निकै प्रयास गरेका छन् । उनी रोनाल्डोलाई भेट्ने आशमा नियमित जस्तो डेनमार्कबाट स्पेन जाने गरेका छन् । शान्टाले रियल मड्रिडसँग कुनै दिन अनुबन्धित हुने र रोनाल्डोको टिम मेट बन्ने पनि सोच्ने गरेको बताएका छन् ।

शान्टालाई उनको परिवारका सदस्यले क्रिष्टियानो रोनाल्डो नै भनेर बोलाउने गरेका छन् । उनले केहीसमय अभि मात्रै आमासँग बर्नाबेउ गएका थिए । त्यसक्रममा उनले रोनाल्डोलाई भेट्नका लागि ६ घण्टा पर्खिएका थिए । रोनाल्डो प्रशिक्षणमा रहेका बेला उनले आफू घर फर्कनु पूर्व ६ घण्टासम्म पर्खिएका हुन् । उनले रोनाल्डोको कार पार्कमा समय बिताएका थिए । रोनाल्डो प्रशिक्षणबाट फर्किएपछि सँगै तस्बिर पनि खिचाए । यस्तै बर्नाबेउको क्यान्टिनमा उनले खाएका थिए । उनले भनेका छन् ‘जहाँ रोनाल्डो जान्छन्, म त्यहीँ जान्छु । रोनाल्डोलाई पनि आफू जस्तै मान्ने गर्छन् ।’ फुटबल खेल्ने शान्टाले रोनाल्डोले जस्तै गरी खेल्ने गरेका छन् । रोनाल्डोले आफ्ना छोरासँग खिचाएको तस्बिर जस्तै गरी शान्टाले आफ्ना भाइसँग तस्बिर खिचाएर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । आफूले चाँडै नै रोनाल्डोसँग फेरि भेट्ने प्रयास गरेको बताए । शान्टाले रोनाल्डोको फेशन सेन्स, हेयर स्टाइल तथा जीवनशैली अपनाउनका लागि हजारौं खर्च गरिसकेका छन् । उनले आफ्नो आँखीभौ रोनाल्डोको जस्तै बनाएका छन् ।

– एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*