Home / खेलकुद / राखेपले गर्‍यो एन्फा कार्यसमिति चुनावको प्रस्ताव

राखेपले गर्‍यो एन्फा कार्यसमिति चुनावको प्रस्ताव

चैत ११ – राष्ट्रिय खेलकुद परिषदले अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमितिको नयाँ चुनाव गराउने प्रस्ताव गरेको छ ।

एन्फाभित्रको भद्रगोल समाधान गर्ने विकल्पबारे छलफल गर्न आएको एसियाली फुटबल महासंघ एएफसीको प्रतिनिधिमण्डसँगको बैठकमा राखेपका सदस्यसचिव केशबकुमार विष्टले तदर्थ समिति बनाएर एन्फाका जिल्ला कार्यसमितिको पनि साधारण सभा गर्ने र केन्द्रमा पनि नयाँ कार्यसमिति बनाउने प्रस्ताव गर्नुभएको  हो ।

प्रस्तावमा ६ महिनाभित्र नयाँ साधारणसभा गर्न तदर्थ समितिलाई समय दिने, तदर्थ समितिमा स्वतन्त्र ब्यक्ति राख्ने र उनीहरुले कार्यसमितिको चुनाव लड्न नपाउने लगायत विभिन्न विकल्प प्रस्तुत गरिएको सदस्य सचिव विष्टका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिनुभयो । छलफलमा एन्फा आफुखुसी अघि बढीरहेको राखेपसँग समन्वय नगरेको जस्ता विषयमा उहाँले एएफसीको ध्यानाकर्षण गराउनुभयो ।

भ्रष्टाचार गरेको ठहर भएपछि एन्फाका अध्यक्ष गणेश थापा बर्खास्तगीमा परेको तथा एन्फाभित्रको एक समूहले लामो समयदेखि विरोध जनाइरहेपछि त्यसको समाधानका विकल्पबारे छलफल गर्न एएफसीका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका निर्देशक सञ्जिव बालासिंघम र अन्तर्राष्ट्रिय सम्बन्ध अधिकारी पुरुषोत्तम कट्टेल छलफलका लागि नेपाल आउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*