Home / मनोरञ्जन / ६ बर्षपछि टुट्यो सुशान्त र अंकिताको प्रेम

६ बर्षपछि टुट्यो सुशान्त र अंकिताको प्रेम

सन् २०१६ बलिउडका चर्चित जोडीका लागि सुखद बनिरहेको छैन । कट्रिना कैफ र रणवीर कपुर, विराट कोहली र अनुष्का शर्माको प्रेम टुटेको खबर नसेलाउँदै अब अर्को चर्चित जोडी पनि अलग भएको चर्चा छ ।

विगत ६ बर्षदेखि प्रेममा मस्त रहेका चर्चित दुई कलाकार सुशान्त सिंह राजपुत र अंकिता लोखन्डे अलग भएको भारतीय मिडियाले दाबी गरेका छन् । यी दुबै कलाकार सिरियलबाट उदाएका हुन् । सुशान्त अहिले बलिउड चलचित्रमा चर्चित छन् भने अंकित सिरियलमै व्यस्त छिन् ।

सिरियलमा काम गर्दा गर्दै यी दुई प्रेममा परेका थिए । सुशान्त नायिका परिणिती चोपडासँग निकट भएपछि अंकिता आगो भएकी थिइन् । एक चलचित्रमा चुम्बनको दृश्य दिएपछि अंकिताले सुशान्तलाई थप्पड मारेको चर्चा पनि थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*